पहिला पहिला फागुन मास लाग्ने बखत भैरहवाका दक्षिणी क्षेत्रका मधेसी समुदाय द्द्वारा गाइने फगुआ गीत वा होलिका दहन को समय गर्ने यावत् परम्पराहरु विलुप्त हुने कगारमा छन। पहिले होली आउने बखत निकै रमाइलो र नया जागृतिको आभास भइ मान खुसीले गदगद हुन्थ्यो। दुश्मन पनि होलीको दिन खुसी साटासट गर्न आतुर हुने गर्दथ्यो। फगुआ गीतहरुको मध्यम बाट तराईको परम्पराहरु वा एकताको भावनाको संगै मनाइने पर्व होली आधुनिकता वा पश्चिमी सभ्यता को प्रभावले विलुप्त हुने अवस्थामा पुगेको छ। होली को एक दिन पूर्व गाउ टोलटोलमा होलिका दहन को परंपरा आज पनि यस आधुनिक युगमा औपचारिकता रुपमा मात्र सिमित हुन पुगेको छ । होलीको केहि दिन अघि कुनै निश्चित स्थानमा रेड़को रुखलाइ होलिकाको रूपमा विराजित गरिने गरिन्छ । र उक्त स्थानमा गोइठा, दाउरा , एकीकृत गरि जलाउने गरिन्छ। तत् पश्चातनै होली पर्वको आरम्भ हुने गर्दछ। घरमा महिलाहरु मिठा मिठा पकवान बनाउने गर्दछिन भने अन्य सदस्य होली खेल्ने गर्दछन।
आद्युनिकताले पूरानो परम्परा लोप हुंदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ उनले बताए । पहिले होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ ।