जबदेखि आफूजस्तै प्राणमय जीवलाई मारेर तिनको मांस भोग गर्नु अपराध र अनैतिक जस्तो लाग्योे, तबदेखि स्वादिष्ट लागेकै भए पनि मांसाहार छोड्ने निर्णय गरे । म कक्षा ८ मा हुदा आफ्नो जन्मदिन कै दिन २०६८ माघ १० गाते मांसाहार छोडेको थिए जुन अहिले १० वर्ष अवधिमा प्रवेश गरिसकेको छ। पुरानो आहारको आनीबानी त्याग्न खोज्दा एकाध वर्ष कठिनाइ झेल्नुपरे पनि अहिले बानी परिसकेको छ ।
मानिस तीन कारणले शाकाहार हुने गरेका पाएको छु । पहिलो, बाध्यता अर्थात् शरीरले नसहेर वा रोगका कारण खान नमिलेर । दोस्रो, फरक वा अरूका नजरमा अलि राम्रो देखिन मासु नखानेहरू पनि हुन्छन् र अन्तिम कारण, जीवप्रेम वा करुणाका कारण । मैले तेस्रो कारणले मांसाहार त्यागे ।
मांसाहार हिंसाजनित आहार प्रवृत्ति हो । कुनै पनि प्राणीको हत्या गरेपछि मात्र त्यसको मासु उपभोग गर्ने हो । जब हाम्रो आहार प्रणाली निर्दोष प्राणीको हत्यामा आधारित हुन्छ भने हाम्रा लागि शान्ति बिल्कुल असम्भव हुने नै भयो ।
मानिस एकैचोटि हिंस्रक र शान्त दुवै रहन सम्भव छैन । तपाईं मन र मस्तिष्कमा क्रूरता, तृष्णा, आवेग र तरंग बोकेर शान्त हुन कहिल्यै पनि सक्नुहुन्न । आफ्नो स्वादका लागि अबोध प्राणीको ज्यान लिने कुरा विवेक र नैतिकताका दृष्टिले कुनै पनि हिसाबले मनासिव होइन । आफ्नो स्वादका लागि प्राणीको हत्या गर्नु कुनै पनि करुणामयी मानिसका लागि सम्भव कुरा होइन ।