यदि तपाई तिहारका लागि सीमावर्ती भारतीय बजार जस्तै सुनौली,नौतनवा आदिबाट पटेका ल्याउने सोचमा हुनुहुन्छ ? या ल्याइसक्नु भएको छ? यदि पटेका ल्याएर तिहार बनाउने सोचमा हुनुहुन्छ भने प्रहरीको फन्दामा परिएला।
किनभने अब प्रहरीले पटाका बरामद गरेमा छुट दिने छैन। पटाका ल्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरी विष्फोटक पदार्थ ऐनअन्र्तगत अदालतमा मुद्दा दायर गरी कारबाही गराउने छ।
रुपन्देही प्रहरीले भारतीय बजारबाट पटाका ल्याउने दुईजनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ।.
तिहार पटाका बिना पनि मनाउन सकिने हुँदा कसैले कानुन विपरीत कार्य नगर्न समेत रुपन्देही प्रहरीले आग्रह गरेको छ। रुपन्देही प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लामा सुरक्षा योजना लागू गरेको छ। योजनाअन्र्तगत प्रहरीले जिल्लाको विभिन्न स्थानमा आकस्मिक चेकजाँच गरिरहेको छ।
स्रोत :Annapurna post