हरेक समुद्यामा आफ्नो मौलिक भाषा , संस्कृति , रितिरिवाज हुन्छ जुन एक पुस्ता बाट अर्को पुस्तालाइ हस्तान्तरण गरिन्छ। यस्ता कार्यले आफ्नो मौलिकता बचाई राख्न निकै मद्दत पुर्याउन्छ। तर अहिले तराईको सन्दर्भमा भन्नु पर्दा अश्लिल , अभद्र र दुइ अर्थ लाग्ने भोजपुरी गीतले निकै प्रभाव परेको छ। यस्ता अविवेक पुर्ण गीतले बालबालिकाको मानोविज्ञानमा समेत असर परेको छ, जुन अतिनै दुर्भाग्यपूर्ण गतिविधी हो। यस्ता गीतका प्रभावले बालबालिकाहरुसमेत उच्छंखृल हर्कत गर्न थालेका छन् जुन निकैनै दुखद कुरा हो। यस्ता भोजपुरी गीतले समाजमा नकारात्मक प्रभाव पर्न थालेकाले अश्लील भोजपुरी गीत ठूलो स्वरमा बजाउन सिद्धार्थनगरपालिकाले प्रतिबन्ध लगाउनु पर्छ। सार्वजनिक स्थानमा जबर्जस्ती यस्ता अश्लील आपत्तिजनक गीत बजाउन लगाउने र बजाउने व्यक्तिलाई उचित कार्यवाही गर्नु पर्दछ । आज हामी आफ्नो लेखमा मुख्यतय अश्लिल , अभद्र र दुइ अर्थ लाग्ने गीत बारे लेख लेखेका छौ। यस लेखमा कसैलाई कुनै प्रकारको आपत्ति हुनु हुदैन सायद यदि भएमा आफ्नो प्रतिक्रिया स्वरुप हामीलाई मेसेज गर्न सक्नुहुनेछ।