हामी कुनै विज्ञ हैनौ तैपनि भैरहवामा जेब्रा क्रसिङ सम्बन्धि हेरेको र भोगेको कुरा सबै समू साझा गर्दाछौ।सबै भन्दा पहिला सिद्दार्थ राजमार्ग अन्तर्गत भैरहवा क्षेत्रमा हेर्ने हो भने जेब्रा क्रसिङ बनाइएको छ तर उफ्रेर बाटो काट्नु पर्छ। अझै भैरहवा सहरको मुटु भनिने मिलन चोकको त् कुरानै बेग्लै छ। मोटरेहरुले जेब्रा क्रसिङ बाट पैदल यात्रुहरुले बाटो काट्दा त गाडी स्लो गर्दैनन् । ट्राफिक देखे पछि मात्र गाडि स्लो गर्छन । अरुको ज्यानको त माया नै छैन् न डर । ट्राफिक देखे पछि मात्र डर। यो हेर्दा यस्तो आभाष हुन्छ कि अझै पनि सवारी चालकहरुलाई गाडी कसरी हाक्ने र कुन आवस्थमा गाडी रोक्ने भन्ने ज्ञानको अति आवस्यकता छ।
|