सि.न.पा. २ मेउडिहवामा अवस्थित श्री काली माता मन्दिरको प्रथम वार्षिकोत्सवको अवसरमा यस मन्दिरका संरक्षण समिति र गाउ समाजको सहभागितामा भव्य शोभा यात्रा आयोजना गरिएको हो। उक्त शोभा यात्रा वार्ड न : २ मेउडिहवा चोक बाट आरम्भ भइ , मिलन चोक हुदै गल्लामण्डीको पिपरहिया चोक बाट दुर्गा कोलोनी हुदै पुन : मेउडिहवाको काली माता मन्दिरमा समापन हुनेछ। श्री काली माता संरक्षण समितिको कार्य तालिका अनुसार आज भण्डार कार्यक्रम र भव्य भगवती जागरणको पनि कार्यक्रम रहेको छ।