अन्नपूर्ण पोष्ट अनुसार युनिभर्सिटी अफ न्यू मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवा स्थिती निमा–प्रतिमान स्मिृत प्रतिष्ठानले गरेको खोज–अनुसन्धानको रिपोर्टले भैरहवा प्रदुषणको उच्च चपेटमा रहेको देखाएको छ ।
सन् २०१७ को डिसेम्बरदेखि गरिएको अनुसन्धानले भैरहवा क्षेत्र प्रदुषित देखाएको छ । प्रतिष्ठानले इन्डोर प्रदुषण (कोठा भित्र) र आउटडोर (कोठा बाहिर खुल्ला आकाश) प्रदुषणको विषयमा खोज अनुसन्धान गरिरहेको छ । जसमध्ये इन्डोर प्रदुषण खोजको रिपोर्ट आइसकेको छ भने आउटडोर प्रदुषणबारे खोज अनुसन्धान जारी रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले सन् २०१७ मा भैरहवा बजार क्षेत्रको दुई स्थानमा प्रदुषण मापन केन्द्र जडान गरेर इन्डोर प्रदुषणको तथ्यांक संकलन गरेको थियो । तथ्याकं अनुसार भैरहवाको इन्डोर वायु प्रदुषणको सूचक ३ सय ५० देखि चार सय सम्म पुगेको पाईएको छ ।
सामान्यतः १ देखि ५० सम्मको वायु सूचकलाई स्वच्छ र राम्रो मानिन्छ । वर्षायामा १ देखि ५० भित्रै वायु गुणवत्ता सुचकांक थियो भने गर्मीयाममा २ सय ५० देखि २ सय ७५ वायु गुणवत्ता सुचकांक पाइएको थियो । रिपोर्ट अनुसार यस क्षेत्रमा कोठा भित्रको हावा पनि प्रदुषित देखिएको छ ।
अधिक जानकारीको लागि यहाँ विसिट गर्नु होस्।
source: Annapurna post