तिथि अनुसार श्रावण मसको सुरुवात भइ सकेको छ। हाम्रो तराई - मधेसमा श्रावण मसको आफ्नो अलग परम्परानै विध्यमान रहेको हेर्न सकिन्छ। पहिला पहिला साउन महीना आउने बखत गाउ देहातमा रुखमा झुला अर्थात् पिङ्ग हाल्न आरम्भ हुने गर्दथ्यो । ग्रामीण महिलाहरु एक ठाउमा एकीकृत भइ मध्य राती सम्म श्रावणी गीत गएर झूला झुलेरा आनंद लिने गर्दाथिन । समयको साथै रुखहरु पनि गायब भएर ठुला ठूला घरहरु निर्माण भएर आगन नै समाप्त भएको हेर्न सकिन्छ । यसैमा साउन महिनाको झुला परंपरा गायब भएर इतिहास बन्न लागेको छ। अब साउनको महिनाको झुला कहिँ कहिँ मात्र हेर्न सकिन्छ। अहिले साउन महिना आए त् पनि आफ्नो मौलिकता गुमाएको छ।