तराई -मधेश विविधताले भरिपूर्ण क्षेत्र हो। हाम्रो तराईमा अहिले विभन्न संस्कार , परम्परा र प्रथा विद्यमान रहेको छ। कुनै संस्कार राम्रो छ भने कुनै संस्कार र प्रथालाइ जरो देखि उखाल्नु पर्ने आवस्यकता देखिन्छ।
उक्त प्रथाहरु मध्य दाइजो प्रथा पनि एक हो। हरेक केटीहरुको विवाह गर्दा बेहुलीतर्फबाट बेहुलाका परिवारलाई दिइने नगद वा जिन्सीलाई दाइजो भनिन्छ । यो चलन परापूर्व कालदेखि नै चल्दै आएका हो । तराईतिर यसलाई दहेज पनि भनिन्छ । विशेष गरी मधेशमा मात्र नभइ सर्वत्र व्याप्त रहेको पाईन्छ । यसले मधेशमा मात्र होईन देशभरी नै भयानक अवस्था सिर्जना गरेको छ । कसैको घरमा छोरीको विवाहको कुरा चल्छ अनि सुरू हुन्छ दाइजोको प्रसंग ।
बिहेमा के के दिने, कति दिने, कसरी जोहो गर्ने भन्ने विषयमा छोरीका बुबा, आमा तथा घर परिवारका सदस्यले विचार गर्न थाल्छन् । सम्पति नभए पनि विवाहमा ऋण गरेरै भए पनि दाइजोको नाममा केही दिनै पर्छ भन्ने एक प्रकारको नियम जस्तै बनेको पाईन्छ ।
दाइजो प्रथा को विरुद्ध नेपल सरकार ले कयौ कानून बनाए तपनि उक्त कानुनले हाम्रो समाजमा रहेका रुढिवादी सोच भएकाहरुलाई कुनै असर गरेको छैन। त्यसता व्यक्तिहरुले दाइजो प्रथालाई आफ्नो अभिमानको विषय पनि मान्दछन।
शिक्षित भएका परिवारमा दाइजो प्रथा झनै विद्यामान छ। छोरो यदि डाक्टर , इन्जिनियर वा सरकारी जागिरे छ भने केटा पक्षले लाखौको माग गर्ने गर्दछन। त्यो माग एक लाख सम्म सिमित रहदैन करिब १०, २० लाख सम्म पुग्ने गर्दछ।
दाइजो प्रथाकै कारणले अहिले पनि कयौ दिदी बहिनीहरुले दिनदिनै शारीरिक तथा मानसिक पीडा खेप्नु परेको छ । केटा पक्षले सम्पतिको आशले बेला बेलामा फेरि दाइजोको माग गर्दछन् । यस्ता घटना चारै तर्फा मुर्त रुपमा हेर्न सकिन्छ ।
माथिका कुराहरुबाट थाहा पाउन सकिन्छ दाइजो प्रथाले नेपाली मानसपटलमा कति छाप पारेको छ भनेर । दाइजो प्रथालाई सबैले मिलेर हटाउन एकदमै आवश्यक छ । संविधान र विभिन्न कानूनले यो विषयलाई समेटेपनि कार्यान्वयन पक्ष फितलो र समाजको रिती नै यस्तै छ भनेर साथ दिँदा समस्या बढ्नुभन्दा बढीरहेको छ । कानूनमा लेखिएपनि व्यवहारमा लागू नहुँदा नै दाइजो प्रथा निर्मूल हुन सकेको छैन ।
अन्तत: दाइजो माग्ने र दिने दुबैलाई सरकारले कडा सजायको भागीदारी बनाउन सके, सबै युवाहरु मिलेर दाइजो प्रथा सम्बन्धी जनचेतना फैलाउन सके र सम्पूर्ण अभिभावकहरुलाई बुझाउन सके मात्रै दाइजो प्रथा कम हुने छ । नत्र सम्पति र सामानकै कारण न कसैको घर बन्छ न सुखी हुन्छ । यसले यति ल्यायो र दियो भन्नेमा केन्द्रित हुँदा सामाजिक प्रक्रियामा नै गम्भीर संकट उत्पन्न हुन्छ ।